मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली २' लाई लिएर प्रभासले गरे ठूलो खुलासा

एजेन्सी, मुम्बई, 2017/05/26
फिल्म 'बाहुबली २' ले कमाईको सारा रेकर्ड तोडिसकेको छ । अहिलेसम्म 'बाहुबली २' ले १६ सय करोडमाथिको विजनेश गरिसकेको छ । फिल्माको सफलताको पछाडि प्रभासको ठूलो योगदान छ । हालैमा फिल्मलाई लिएर प्रभासको ठूलो बयान बाहिर आएको छ । उनले भने, 'म यति राम्रो अभिनय पनि गर्न सक्छु भन्ने जान्दिन थिएँ । तर एसएस राजामौलीको ममाथि पूरा भरोसा थियो । 'बाहुबली' को भूमिका निर्वाहा गर्नु मेरो लागि सम्मानको कुरा हो ।' प्रभासले अगाडि भने, 'पाँच बर्ष त के म 'बाहुबली' का लागि सात बर्ष पनि दिन तयार थिएँ । म निकै भाग्यमानी व्यक्ति हुँ किनकी मैले 'बाहुबली' को भूमिका निर्वाहा गर्ने मौका पाएँ ।' प्रभासले यो कुरा एक अन्तर्वार्ताको क्रममा बताएका हुन् । 
 
फिल्ममा अभिनय गर्न विषयलाई लिएर प्रभासले भने, 'मलाई यो लाग्दैन थियो कि म कहिले अभिनय पनि गर्न सक्छु किनकी म निकै लजाउँछु । १८ बर्षको उमेरमा महशुस भयो कि म पनि फिल्ममा अभिनय गर्न सक्छु । मैले आफ्नो पितालाई यो कुरा बताए तब पिता निकै खुशी हुनुभएको थियो ।' प्रभासले अगाडि थप्दै भने, 'बाहुबलीले मलाई सबै दिएको छ । जसलाई म शब्दले बयान नै गर्न सक्दिन ।' प्रभासको नयाँ प्रोजेक्ट 'साहो' हो ।