मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

'गाजलु' पछि कता श्रृष्टि ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/26
मिस नेपाल-२०१२ की विजेता श्रृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । गएको बर्ष रिलिज भएको फिल्म 'गाजलु' बाट नेपाली रजतपटमा भित्रिएकी श्रृष्टि अहिले युवापुस्ताका दर्शकमाझ सबैभन्दा बढी खोजिने अनुहार हो । 'गाजलु' मा उनको अभिनयलाई दर्शकहरुले खुबै रुचाए, जुन श्रृष्टिले सायद कल्पना पनि गरेकी थिइनन् । मिस नेपालको ताज जित्नु भन्दापनि बलीउड फिल्म 'ज्याकपट' को ‘कभी बादल बर्से’ गीतमा मोडलिङ्ग गरेपछि उनको चर्चाले शिखर चुमेको थियो । उनको बोल्ड लुक्सको चर्चा त्यसबेला बलीउडमा पनि खुबै भएको थियो । तर, उनलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गर्ने आँट कुनै पनि नेपाली निर्माताले गर्न सकेका थिएनन् । 
 
यस्तैमा निर्माता रोहित अधिकारी भगवान बनेर आए श्रृष्टिका लागि । उनले अनमोल केसीको अपोटिजमा फिल्म 'गाजलु' मा श्रृष्टिलाई लिड रोलमा अनुवन्धित गरे । सायद सपनामा पनि सोचेकी थिइनन् श्रृष्टिले फिल्म 'गाजलु' ले स्टार बनाउला र आफू पनि अन्य सेलिब्रेटी जस्तै मिडिया र फ्यानको बिचमा घेरिउला तर सपनीमा नसोचेको कुरा पनि उनलाई 'गाजलु' ले विपनीमा पूरा गर्यो । 
 
'गाजलु' हिट भएपछि उनलाई आफ्नो फिल्ममा साइन गर्न लागेको नेपाली निर्माताहरुको भिडमा अहिलेपनि कम भएको छैन् तर उनले अहिलेसम्म 'गाजलु' पछि तीन फिल्म मात्र साइन गरेकी छिन् । दुई फिल्मको छायांकन सकिसकेको छ भने एक फिल्म चाँडै फ्लोरमा जाँदैछ । उनको गेस्ट रोल रहेको फिल्म 'लालपूर्जा' र मुख्य भूमिका रहेको 'रोमियो एन्ड मुना' को छायांकन सकिसकेको छ भने चाँडै 'लाउरे' फ्लोरमा जाँदैछ । 
 
गएको बर्ष रिलिज भएको 'गाजलु' पछि कुनै पनि फिल्ममा नदेखिँदा उनका प्रशंसकहरुलाई अहिले श्रृष्टि के गर्दैछिन् ? भन्ने जिज्ञासा पालेर बसेका छन् । केही महिनायता नायक सौगात मल्लसँगको अफेयरका कारण पनि चर्चामा रहेकी श्रृष्टिको संभवत यस बर्ष दुई फिल्म रिलिज हुन सक्छन् 'लालपूर्जा' र 'रोमियो एन्ड मुना' । हुनत, 'रोमियो एन्ड मुना' को रिलिज भदौ ८ गतेलाई फाइनल गरिसकेको छ तर यो मितिमा अनमोल केसी स्टारर फिल्म 'कृ' आउने यसअघि नै तय भैसकेको छ । यसकारण पनि 'रोमियो एन्ड मुना' यो मितिमा आउने वा नआउने भन्नेमा टंगो लागेको छैन् । यो फिल्ममा श्रृष्टिले एक सोझी गाउँकी यूवती 'मुना' को भूमिका निर्वाहा गरेकी छन् ।