मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'राब्ता' लाई लाग्यो 'मगधीरा' को स्टोरी चोरेको आरोप

एजेन्सी, मुम्बई, 2017/05/26
सुशान्त सिंह राजपूतको फिल्म 'राब्ता' मुश्किलमा पर्दै गरेको देखिएको छ । खासमा साउथको ब्लकबस्टर फिल्म 'मगधीरा' को मेकर्स 'राबता' को विपक्षमा कोर्ट गएका छन् । 'मगधीरा' का मेकर्सले भनेका छन् कि 'राब्ता' को स्टोरी मगधीराबाट लिइएको हो । 
 
खासमा सुरु देखि नै भनिएको छ कि राबताको स्टोरी मगधीरासँग मिल्दो जुल्दो छ । 'राब्ता' पुनर्जन्ममा आधारित कहानी हो र 'मगधीरा' पनि यस्तै कहानीमा निर्माण भएको थियो । फिल्म समीक्षक रमेश बालाका अनुसार, 'मगधीरा' का मेकर्स यसलाई कपीराइटको उल्लंघन मानिरहेका छन् । 
 
मगधीराका प्रोड्यूसर अल्लु अरविन्दले भने, 'राब्ता फिल्मले हाम्रो फिल्म 'मगधीरा' को यूनिक स्टोरी चोरेको छ । हामी चाहन्छौं कि कोर्ट 'राब्ता' को रिलिजमा आफ्नो आदेश दिओस् ।' फिल्म ९ जूनमा रिलिज हुँदैछ र हैदराबाद कोर्टले १ जूनमा यस विषयमा बहस गर्दैछ ।