मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुन हेर्ने, ‘पर्व’ कि ‘हिटलर’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/26
यो शुक्रबारबाट दुई फरक स्वादका नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । कमेडी र लभस्टोरी भनिएको फिल्म ‘हिटलर’ र थ्रिलर फिल्म ‘पर्व’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन् । यी दुई फिल्म मध्ये कसले जित्ला त दर्शकको मन ? अब यो त फिल्म हेरेर फर्किएका दर्शकहरुको प्रतिक्रियाबाट नै थाहा हुनेछ । 
 
दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :-
 
'पर्व' 
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि दर्शकहरुले नायिका नम्रताको श्रेष्ठ अभिनित फिल्म हेर्न पाउँदैछन्, 'पर्व' । 'काले दाई' बोलको आइटम गीतका कारण नै आफ्नो छुट्टै हाइप बनाइसकेको 'पर्व' मा नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्रीको मुख्य भूमिका छ । थ्रिलर कथावस्तुमा निर्माण भएको फिल्मलाई 'नोभेम्बर रेन', 'क्लासिक' जस्ता फिल्मका निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । गोपीकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘पर्व’ मा नम्रता र कोशिससहित माला लिम्बू, जेबिका कार्कीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन रहेको छ । 
 
'हिटलर' 
लभ, रोमान्स र कमेडी स्वाद मिसाइएको ट्रेलर र 'तिमी चाउमिन खाँदै, म मःम बजाउँदै' बोलको गीतका कारण चर्चामा रहेको 'हिटलर' मा अधिकांश नयाँ कलाकारहरुकै बाहुल्यता छ । कलाकार सोहित मानन्धर मात्र दर्शकहरुमाझ केही परिचित अनुहार हुन् । सौरभ ढकाल निर्देशित फिल्म 'हिटलर'मा सोहितसँगै नव-अभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो फिल्म निर्माण गरेको हो । रोमान्टिक कथामा तयार भएको फिल्मलाई अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गरेर निर्माण गरेको हो ।