मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमानको 'ट्यूबलाइट' ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2017/05/25
बलीउडस्टार सलमान खानको नयाँ फिल्म 'ट्यूबलाइट' को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर इमोशनल, फन्नी र केही एक्सनले भरिपूर्ण छ । फिल्ममा सलमान लक्ष्मण सिंह बिश्तको भूमिकामा छन्, जो मन्द बुद्धिका हुन्छन् । मानिसहरु उनलाई ट्यूबलाइट नामले बोलाउँछन् । 
 
सोहेल खान फिल्ममा पनि सलमानको भाईको भूमिकामा छन्, जसको नाम भरत हो । भरत युद्ध लड्नका लागि चीन र भारतको सिमानामा जान्छन् तर त्यहाँबाट उनी फर्किदैनन् । त्यसपछि लक्ष्मण आफ्नो भाईको खोजीमा जुट्छन् । लक्ष्मण कसरी आफ्नो भाईलाई फर्काउँछन्, उनले कस्ता समस्याहरुको सामना गर्नु पर्छ -फिल्मको कहानी यसैमा आधारित छ । फिल्मको पहिलो गीत 'रेडियो' रिलिज भैसकेको छ भने 'ट्यूबलाइट' ईदमा रिलिज हुँदैछ । फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन् ।