मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

जनकदीपको हलीउड प्रोजेक्टमा भूकम्पको कथा

फिल्मीखबर, काठमाण्डौ, 2017/05/25
बजार बढ्दै गएपछि नेपाली फिल्मका निर्माता निर्देशक पनि प्रवासमा गएर फिल्मको छायांकन गर्न महिरत्ते गर्न थालेका छन् । प्रवासमा फिल्मको छायांकन गर्दा लाग्ने खर्चले नेपाली फिल्मलाई महङ्गो बनाउँदै लगेको छ । यति नै बेला हलीउड र बलीउडका चलचित्रकर्मी भने नेपाललाई आफ्नो क्यामेरामा कैद गर्न लालायित छन् । अनुपम प्राकृतिकस्थल र प्राइम लोकेसनका कारण पनि विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल परेको हो । पछिल्लो समय पाँच दर्जनको हाराहारीमा विदेशी भाषाका फिचर फिल्म, छोटा फिल्म तथा टेलिफिल्म नेपालमा सुटिङ भएका छन् । यस्तैमा हलीउडको टेक्निकल टिमले हलीउड प्रोजेक्ट 'एक्सा' को छायांकन नेपालमा सकाएको छ ।
 
 
यो प्रोजेक्टमा नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टरमा जनकदीप पराजुली रहेका छन् । यो हलीउड प्रोजेक्टलाई मुम्बईका लाइन प्रोड्यूसर राजेन्द्र घिमिरेले प्रोडक्सन डिजाइन गरेका हुन् । छायांकनका लागि मुख्य प्राविधिक हलीउडबाट आएका थिए भने केही जुनियर प्राविधिक नेपालका पनि थिए । 
 
यो प्रोजेक्टमा एक यूवती नेपालको एक विद्यालयमा भोलेन्टियरको रुपमा काम गरिरहेकी हुन्छिन् । त्यसैबेला ठूलो भूकम्प आउँछ र उनी पनि घाईते हुन्छिन् । त्यसपछि उपचारका लागि उनी आफ्नै देश फर्किन्छिन् । आफ्नो स्वास्थ्य अवस्था ठिक भएपछि उनी फेरी नेपालीसँग सुख दुख बाढ्न नेपाल आउँछिन् । यस प्रोजेक्टमा हलीउडका सुपर मोडल जुली र काठमाडौंका चित्र फुँयालको मुख्य अभिनय रहेको छ । यसमा समावेश हुने भूकम्पका दृश्यहरु बैंककमा सेट लगाएर खिचिने जनकदीपले जानकारी दिए । केही दृश्यहरु एनिमेसन गरेर पनि राखिने छ । यसको बाँकी छायांकन फ्रान्स र बैंककमा गरिने छ ।