मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

सिम्पल नम्रताको बोल्ड लुक्स (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/25
नेपाली फिल्म उद्योगमा स्थापित नाम हो नम्रता श्रेष्ठ । अभिनेत्री नम्रता श्रेष्ठ भन्नासाथ 'नोभेम्बर रेन', 'छड्के', 'मेरो एउटा साथी छ', 'क्लासिक' जस्ता फिल्म याद आउँछन् । प्रत्येक फिल्ममा अब्बल अभिनय प्रस्तुत गर्ने नम्रता अहिले यही शुक्रवारबाट अलनेपाल रिलिज हुन लागेको फिल्म 'पर्व' का कारण चर्चामा छिन् । थ्रिलर कथावस्तुमा आधारित यो फिल्ममा नम्रताले नायक कोशिश क्षेत्रीसँग स्क्रिन शेयर गरेकी छिन् । 
 
 
फिल्ममा समाबेश 'काले दाई' बोलको आइटम गीतका कारण पनि निकै चर्चामा रहेको फिल्म 'पर्व' को बुधवार काठमाडौंमा भब्य प्रिमियर शोको आयोजना गरिएको थियो । साँझ ६ बजे बिग मुभिजमा आयोजना गरिएको 'पर्व' प्रिमियरमा नायिका नम्रता श्रेष्ठ आकर्षक पहिरनमा उपस्थित भएकी थिइन् ।
 
 
उनको साथमा प्रेमी दावा शेर्पा पनि थिए । घाँटी र पछाडिको भाग बढी खुलेको खरानी रंगको कपडामा 'पर्व' प्रिमियरमा देखिएकी उनलाई आफ्नो पहिरन सम्हाल्न भने निकै गाह्रो परिरहेको देख्न सकिन्थ्यो । हुनत, उनले उक्त पहिरन डिजाइन गर्ने दुई डिजाइनर यूवती साथमै लिएर आएकी थिइन् ।
 
 
उक्त हट पहिरनमा नम्रता निकै बोल्ड देखिएकी थिइन् । सार्वजनिक कार्यक्रममा जाँदा पनि सिम्पल पहिरनमै पुग्ने नम्रतालाई 'पर्व' प्रिमियरमा भने अरुदिन भन्दा विल्कुलै फरक देख्न सकिन्थ्यो । कारण, उनको पहिरन नै थियो । 
 
 
तश्वीर : विवेक बस्याल र सन्तोष न्यौपाने