मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाको हातमा सुदर्शनको नामको ट्याटू ?

मनिष अन्जान, काठमाण्डौ, 2017/05/25
बर्ष २०७२ मा रिलिज भएको फिल्म 'प्रेमगीत' भन्दा अगाडि नायिका पूजा शर्मालाई कमैले चिन्थे तर 'प्रेमगीत' ले उनलाई रातारात स्टार बनायो । 'प्रेमगीत' मा उनको अभिनय र नायक प्रदीप खड्कासँगको केमेष्ट्रीले बर्ष २०७२ मा धुम नै मच्चाएको थियो । तर, 'प्रेमगीत' पछि दर्शकहरुले पूजा अभिनित अन्य कुनै फिल्म हेर्न पाएका छैनन् । अब भने आउने असार ३० गते उनी अभिनित प्रतिक्षित फिल्म 'म यस्तो गीत गाउँछु' प्रदर्शनमा आउँदैछ । यो फिल्ममा पूजाले नायक पल शाहसँग रोमान्स गरेकी छन् । 
 
प्राय: फिल्म पूजाले नायक तथा निर्देशक सुदर्शन थापासँग मात्र गरेकी छिन् । यसअघि उनले फिल्म 'अझै पनि' मा सुदर्शनकै प्रेमिकाको भूमिका निर्वाहा गरेकी थिइन् भने 'प्रेमगीत' लाई सुदर्शन आफैले निर्देशन गरेका थिए । यस्तै, पूजाले सुदर्शनले निर्देशन गरेका फिल्म 'मधुमास', 'चंखे शंखे पंखे' मा पनि काम गरिसकेकी छिन् । असार ३० गते रिलिज हुन लागेको फिल्म 'म यस्तो गीत गाउँछु' पनि सुदर्शन आफैले निर्माण र निर्देशन गरेका हुन्, यो फिल्ममा पूजा नै लिड रोलमा छिन् । सुदर्शनले निर्देशन र अभिनय गरेका एकपछि अर्को फिल्ममा पूजा मुख्य भूमिकामा प्रस्तुत हुनुले पनि बजारमा उनीहरुको अफेयरको हल्ला धेरै पहिलादेखि चलिरहेको छ । तर, यस विषयमा अहिलेसम्म यी दुईले मुख खोलेका छैनन् । जहाँ जाँदा होस् पूजाको साथमा सुदर्शन कहिँले छुट्दैनन् । उनीहरुको निकटताका कारण पनि बजारमा यस्ता खालका हल्लाहरु खुबै चल्ने गर्छ । 
 
 
पूजा र सुदर्शनको प्रेम चर्चा बजारमा चलिरहेको अवस्थामा आज हामीले तपाईहरुलाई यस्तो एक तश्वीर देखाउँदैछौं, जसले पूजा र सुदर्शन प्रेममा छन् भन्ने हल्लालाई अझ मजबुत बनाउँछ । बुधवार राजधानीको बिग मुभिजमा फिल्म 'पर्व' को प्रिमियर राखिएको थियो । डेढ सय बढी चलचित्रकर्मीले भरिएको बिग मुभिजमा नायिका पूजा पनि आकर्षक पहिरनमा देखिइन् । हुनत, उनी जुन कार्यक्रममा जान्छिन् त्यहाँ उनको सुन्दरता भन्दा बढी पहिरनको नै चर्चा हुने गर्छ । 'पर्व' प्रिमियरमा पनि यस्तै भयो । पहिरनकै कारण उनले सबैको ध्यान आफू तिर खिच्न सफल भईन् । यस्तैमा टिभी फिल्मीले एक अन्तर्वार्ताका लागि पूजालाई बोलायो र उनले 'पर्व' को विषयमा केही विचार राखिन् । त्यहाँ फिल्मीखबर डटकमका फोटो पत्रकार विवेक बस्याल र सन्तोष न्यौपानेको क्यामेरामा उनको हातमा खोपिएको ट्याटू कैद भयो । उनले मिडियाको क्यामेराबाट ट्याटू लुकाउन खोजिरहेकी थिइन् तर कहिले कपाल त कहिले पहिरन मिलाउँदै गर्दा उनको हातमा खोपिएको ट्याटू स्पष्ट देखिन्थ्यो । 
 
ट्याटू एक अभिनेत्रीको हातमा हुनु अनौठो पक्कै होइन तर पूजाको हातमा खोपिएको ट्याटूमा कसैको नाम लुकेको थियो । उनको हातमा खोपिएको ट्याटूमा अंग्रेजीबाट एस (S) लेखिएको थियो । विरालो आकारको ट्याटूमा उनले कसैको आँखा नपर्ने गरि एस (S) खोपेकी छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने बजारमा चलेको सुदर्शन र पूजाको प्रेमको हल्ला कतै सत्य त होइन ?