मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आमिरको फिल्ममा फेरी कैटरीनाको ठुम्का !

एजेन्सी, मुम्बई, 2017/05/25
बलीउड अभिनेत्री अभिनेत्री कैटरीना कैफ नयाँ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा डान्सरको भूमिका निर्वाहा गर्दै गरेको देख्न पाइने भएको छ । बलीउड निर्देशक विजय कृष्ण आचार्य फिल्म  ‘ठग्स अफ हिन्दुस्तान’ निर्देशन गर्दैछन् । यो फिल्म यशराज ब्यानरको तल बन्दैछ । फिल्ममा आमिर खान र अमिताभ बच्चनको मुख्य भूमिका हुनेछ । यो पहिलो पटक हुनेछ अमिताभ बच्चन र आमिर सिल्वर स्क्रीनमा एकसाथ देखिनेछन् । 
 
फिल्ममा कैटरीना कैफको पनि महत्वपूर्ण भूमिका छ । चर्चा छ कि फिल्ममा कैटरीनाले आफ्नो डान्सको जादु देखाउनेछिन् । योसँगै उनले फिल्मको एक आइटम नम्बर पनि गर्नेछिन् । यो फिल्म मेडोव्स टेलरको किताब‘कन्फेशन अफ अ ठगमा आधारित हो र २०१८ को आसपासमा फिल्म रिलिज गर्ने तयारी भैरहेको छ । ‘ठग्स अफ हिन्दुस्तान’ मा 'दंगल' फेम फातिमा सना शेख पनि मुख्य भूमिकामा छिन् ।