
यही जेष्ठ १२ गतेबाट अलनेपाल रिलिज हुन लागेको नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्री स्टारर फिल्म 'पर्व' आइटम गीत 'काले दाई' कै कारण पनि चर्चामा छ । युट्युबमा करोड बढी भ्यू भएका 'काले दाई' कै कारण बजारमा 'पर्व' ले आफ्नो छुट्टै हाइप बनाइसकेको छ । रिलिजको संघारमा रहेको फिल्म 'पर्व' को वुधवार राजधानीको बिग मुभिजमा भव्य प्रिमियर गरिएको थियो । डेढ सय बढी चलचित्रकर्मी, पत्रकारहरुको उपस्थिती रहेको 'पर्व' प्रिमियरमा फिल्मका लिड कलाकार नम्रता, कोशिश, माला लिम्बु, जेबिका कार्कीसँगै निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी पनि उपस्थित थिए ।

त्यस्तै, नायिका द्धय केकी अधिकारी, माल्भिका सुब्बा, रिमा विश्वकर्मा, पुजा शर्मा, गौरी मल्ल, निर्माता द्धय प्रदीप उदय, विनोद मानन्धर लगायत पनि 'पर्व' हेर्न बिग मुभिज पुगेका थिए । फिल्म हेरेर फर्किएपछि अधिकांश चलचित्रकर्मीहरुले सामान्य कथावस्तु भएपछि प्रस्तुती अब्बल रहेको बताए ।

फिल्म हेरेका सबैले फिल्मको कथावस्तु, प्रस्तुती, छायांकन, ब्याकग्राउन्ड म्यूजिक र निर्देशनको प्रशंसा गर्दै दर्शकहरुलाई एक्लै नर्हेन र मुटु दह्रो बनाएर 'पर्व' हेर्न पनि आग्रह गरे । सुवास गिरी र निकिता पौडेल यो फिल्मका निर्माता हुन्। गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण भएको हो।
.jpg)

