मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूएइमा कस्तो चल्यो हर्षिका र मोहनको 'मेरी कुसुम' ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/23
जेठ २५ गतेबाट नेपालमा प्रदर्शन आरम्भ गर्न लागेको फिल्म 'मेरी कुसुम' अहिले यूएइका विभिन्न शहरमा प्रदर्शन भैरहेको छ । गत बिहिबार, शुक्रबार र शनिबार फिल्मको भव्य प्रदर्शन अवुधाबीमा रहेको मुसाफा मार्केट र नेशनल सिनेमा, अल ऐन मलमा रहेको अल ऐन ग्रान्ड सिनेमामा 'मेरी कुसुम' प्रदर्शन गरिएको फिल्मका नायक तथा निर्माता मोहन बोगटीले जानकारी दिए । हरेक हलमा बिहिबार एक शो, शुक्रबार २ र शनिबार १ शो आयोजना भएको थियो । 
 
फिल्म हेर्नका लागि हरेक शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेपछि कलाकार बोगटी खुशी देखिएका छन् । उनले भने–‘अवुधाबी र अल ऐन सिटीमा हरेक शोमा दर्शकको उपस्थिती उत्साहजनक देखियो । उहाँहरुले फिल्मको कथावस्तु, गीतसंगीतलाई निकै रुचाउनुभयो ।’ यसबाहेक, दुबई, सार्जा, फुजेरा लगायतका सिटीमा अर्को हप्ता फिल्म लाग्नेछ ।
 
 
फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन् । सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ । प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ।