मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

१ करोड हो ब्रह्मानन्दनको पारिश्रमिक

एजेन्सी, मुम्बई, 2017/05/23
अमिताभ बच्चन स्टारर 'सूर्यवंशम' रिलिज भएको १८ बर्ष पूरा भैसकेको छ । फिल्ममा साउथ इन्डियन एक्ट्रेसेस जयसुधा र सौन्दर्याले पनि मुख्य भूमिका निर्वाहा गरेका थिए । यो फिल्ममा साउथ इन्डियाका कमेडियन ब्रह्मानन्दनले पनि काम गरेका थिए तर उनको रोल निकै छोटो थियो ।  एक सिनमा हीरा ठाकुर (अमिताभ बच्चन) जब गौरी (रचना बनर्जी) लाई अस्पताल लिएर जान्छन् तब ब्रह्मानन्दन त्यहाँको डाक्टर हुन्छन् । ब्रह्मानन्दम हरेक फिल्मका लागि १ करोड पारिश्रमिक लिने गर्छन । २०१५ मा आफ्नो पपुलारिटी र हिट फिल्मलाई देख्दै उनले पारिश्रमिक बढाएका थिए ।  
 
ब्रह्मानन्दम एक यस्ता एक्टर हुन्, जो लगभग साउथका सबै फिल्ममा देखिएका छन् । उनले एक हजारभन्दा बढी फिल्ममा काम गरेका छन् । ६१ बर्षका ब्रह्मानन्दमले ‘अप्पुला अप्पा राव’, ‘किंग’, 'आर्या 2' र ‘अहा ना पेल्लानता’ जस्ता हिट साउथ इन्डियन फिल्ममा काम गरेका छन् । १ फ्रेवअरी १९५६ मा आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा जन्मिएका ब्रह्मानन्दमको परिवारको आर्थिक अवस्था निकै दयनिय थियो । पूरै परिवारमा उनी एक एक यस्ता व्यक्ति हुन्, जसले एमएसम्मको अध्ययन गरेका छन् । पोस्ट ग्रेजुएशन पछि उनले एक तेलुगु लेक्चररको रुपमा अत्तिल्ली कलेजमा काम गर्न सुरु गरे ।