मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंका चोपडाको नेपाली फिल्म 'पाहुना' को पोष्टर रिलिज

एजेन्सी, मुम्बई, 2017/05/23
बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म 'पाहुना' को पोष्टर सार्वजनिक भएको छ । सोमवार कान्स फिल्म फेस्टिबलमा प्रियंका चोपडाकी आमा मधु चोपडाले फिल्मको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन् । पोष्टरमा एक बालक र एक बालिकालाई देख्न सकिन्छ । पोष्टरमा बालिका खाना पकाइरहेकी छिन् भने बालक एक बच्चालाई खेलाइरहेको देख्न सकिन्छ । फिल्म ‘पौवा’ अर्थात 'पाहुना' मा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ। 
 
प्रियंका चोपडाको पर्पल पिबल प्रोडक्सनले यो फिल्म निर्माण गर्न लागेको हो । यो फिल्मलाई महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेकी हुन् । माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिक आबद्ध छन्।