मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'२ रुपैयाँ' पोष्टर : निश्चल 'जुरेली', आशिफ 'दाह्री'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/23
निर्देशक निश्चिल बस्नेत अभिनित फिल्म '२ रुपैयाँ' को अफिसियल फस्र्टलुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा निश्चलको नाम 'जुरेली' र आशिफ शाहको नाम 'दाह्री' छ । असिम शाहले निर्देशन गरेको यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । 
 
फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । ए जि टु वान प्रोडक्शन प्रा.ली र ब्ल्याक हर्स प्रा.लीले निर्माण गरेको फिल्म भदौ २३ गतेबाट अलनेपाल रिलिज हुने फाइनल भैसकेको छ ।