.jpg)
जेष्ठ २६ गतेबाट अलनेपाल रिलिज हुन लागेको दयाहाङ् राई र प्रियंका कार्की स्टारर फिल्म 'लाल्टिन' ट्रेलर र गीत-संगीतबाटै प्रतिक्षित बनेको छ । दयाहाङ् र प्रियंकाका अलावा निर्जन थापा, राज कटुवाल, केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको रिलिज डेट नजिकिँदै जाँदा निर्देशक, निर्मातादेखि कलाकारहरु अहिले पब्लिसिटीमा दिलोज्यान दिएर दौडिरहेका छन् ।
यहि क्रममा फिल्मको प्रचार-प्रसारमा विभिन्न चलचित्रकर्मीहरुले पनि साथ दिन थालेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईदेखि निर्देशक मिलन चाम्स सम्मले आफू 'लाल्टिन' हेर्न उत्सुक रहेको र दर्शकलाई पनि 'लाल्टिन' हेर्न आग्रह गरेका छन् । देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दया र प्रियंकाको जोडी फेरी एकपटक पर्दामा देखिन लागेका कारण पनि दर्शकहरु 'लाल्टिन' को प्रतिक्षामा रहेको फिल्मका निर्माता भानु प्रतापले जानकारी दिए ।
दर्शकहरुको लामो समयदेखि एउटा गुनासो पनि थियो कि दयालाई सधै एउटै भूमिकामा देखियो तर 'लाल्टिन' मा भने उनीलाई डनको भूमिकामा देख्न पाइने भएको छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो फिल्ममा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

