मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शान्तिप्रिय र भोलाराजलाई सम्मान, कपिल पुरस्कृत

फिल्मीखबर, मकवानपुर, 2017/05/22
चलचित्र पत्रकार दिवसको अवसरमा नेपाल चलचित्र पत्रकार संघ, नेपालको शाखा मकवानपुरले पनि आइतवार सम्मान र पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा चलचित्र पत्रकार संघ, नेपालको केन्द्रीय कार्यसमितिले डा. नवराज लम्साललाई सम्मान, विजय सुवेदी आवाज, पारस पौडेललाई पुरस्कार र स्वेच्छा राउतलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दा शाखा मकवानपुरले भने बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गर्यो । त्यस्तै, पत्रकारिता पुरस्कार मोफसलका पत्रकार कपिल खड्कालाई प्रदान गरियो भने कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटा सम्मानित भए । 
 
हेटौडा रिसोर्टमा आयोजना भएको संघको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा शान्तिप्रियलाई शाखा अध्यक्ष मनिराज गौतम, प्रमुख अतिथि नरेन्द्र महर्जन र विशिष्ट अतिथि प्रदीप उदयले नगद ११ हजार १ सय ११ राशी सहित सम्मानपत्र, दोसल्ला र ढाकाटोपी लगाएर सम्मान गरेको थिए । त्यस्तै, पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र, दोसल्ला र ढाकाटोपी लगाएर पुरस्कृत र सम्मान गरिएको थियो ।