मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो विनोद लोग्ने होइनन्, मात्र साथी : करिश्मा मानन्धर

फिल्मीखबर, काठमाण्डौ, 2017/05/22
नायिका करिश्मा मानन्धरको श्रीमान तथा निर्माता विनोद मानन्धरसँग सम्बन्ध चिसिएको खबर यतिबेला सिनेवृतमा हट केक बनेको छ । पहिलो चरणको स्थानीय निर्वाचनमा भोट हाल्न नपाएपछि फेसबुकमा श्रीमान विनोद मानन्धरमाथि आक्रोश पोख्दै स्टाटस लेखेपछि उनीहरुको घर झगडा बाहिर आएको थियो । यो स्टाटसपछि करिश्मा र विनोदबिच बोलचाल समेत बन्द भएको खबर छ । 
 
आइतवार चलचित्र पत्रकार संघ, दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै करिश्माले श्रीमान विनोद मानन्धर आफ्नो साथी मात्र रहेको बताइन् । उनले भनिन्, 'पहिलो चरणको स्थानीय निर्वाचनमा भोट हाल्न नपाउँदा मलाई निकै दुःख लाग्यो । तर, यो सबै मैले विनोदको भर पर्दा नै भएको हो । मेरो विनोद लोग्ने होइनन्, साथी मात्र हुन् ।' 
 
उनले काठमाडौंबाट नभई राजविराजबाट मतदान गर्नु पर्ने भएपछि फेसबुकमा श्रीमानमाथि आक्रोश पोखेकी थिइन् । दाङमा भएको छुट्टा छुट्टै प्रेस भेटघाटको क्रममा करिश्माले अगाडि भनिन्, 'विनोद मेरो होस्टेल वार्डेन हुन् । मैले चढ्ने कार पनि उनले नै सर्भिस गर्छन् । मैले उनलाई डर देखाउनका लागि फेसबुकमा त्यस्तो लेखेको थिइनँ तर उनी अहिले निकै डराएका छन् ।'
 
करिश्माको यो अभिव्यक्तिले पनि के स्पष्ट पार्छ भने विनोद र उनी बिच अहिले खासै सुमधुर सम्बन्ध भने छैन् । करिश्मा लामो समयदेखि विनोदका बानीहरुबाट दिकदार भैसकेको उनको यो जवाफबाट पनि अनुमान लगाउन सकिन्छ । केही बर्षयता फिल्ममा नदेखिएकी करिश्मा पछिल्लो समय डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपाल पार्टीमा आबद्ध छिन् ।