मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुमनाम पथमा बर्षा

मनिष अन्जान, काठमाण्डौ, 2017/05/22
फिल्म ‘नाई नभन्नु ल २’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । फिल्म भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनले झण्डै आधा दर्जन सिनेमामा पनि काम गरिसकेकी छिन् । तर, दर्शकहरुले बर्षालाई अझै पनि नायिकाको रुपमा भने चिन्न सकेका छैनन् । 'नाई नभन्नू ल २' पछि 'पशुपति प्रसाद', 'सुब्बा साब', 'लप्पन छप्पन' लगायतका फिल्ममा काम गरिसकेकी बर्षाले अहिलेसम्म सफलता के हो भन्ने महशुस खासै गर्न पाएकी छैनन् । 
 
'नाई नभन्नू ल २', 'पशुपति प्रसाद' र 'लप्पन छप्पन' हिट भएपनि दमदार भूमिका नभएका कारण दर्शकहरुको आँखामा अझै पनि बर्षाले आफू 'नायिका हुँ' भन्ने छाप बनाउन सकेकी छैनन् । अझ आफू अभिनित फिल्ममा स्टार कलाकार भएका कारण बर्षा पटक-पटक ओझेलमा पर्दै आइरहेकी छन् । त्यसैले त अहिले सिनेवृतमा बर्षा गुमनाम पथमा रहेको चर्चा पनि चल्न थालेको छ । अब यही आउने असारमा उनी अभिनित अर्को फिल्म 'कारखाना' रिलिज हुँदैछ । अब भर भनेपनि आश भनेपनि बर्षालाई यही फिल्मको छ किनकी उनले यो फिल्ममा गलितै भूमिका पाएकी छिन् । 
 
कहिले फिल्म छाडेको त कहिले फिल्म नगरेका कारण मिडियामा छाइरहेकी बर्षाको स्टाइल र सुन्दरतामा भने धेरै भुतुक्कै हुने गर्छन । प्रत्येक फिल्ममा छोटो भूमिकाका कारण पनि दर्शकको आँखामा पर्न नसकेकी बर्षालाई अब एउटा दह्रै फिल्मको आवश्यक परेको छ । सायद बर्षाको यो कामना 'कारखाना' ले पो पूरा गर्छ कि ? अब यो त चाँडै नै थाहा हुनेछ ।