मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सनीले के किनिन् अमेरिकाको घर सजाउन नेपालबाट ?

एजेन्सी, अमेरिका, 2017/05/22
बलीउड अभिनेत्री  सनी लियोन र उनका पति डेनियल वेबरले हालैमा अमेरिकाको लस एन्जिलिसमा ५ विएचकेको लग्जरी घर किनेका छन् । सनीको यो घर शेर्मन ओक्समा छ र यहाँ बलीउडका धेरै सेलिब्रिटीज रहन्छन् । हालैमा यो घरको फोटोहरु सनीले आफ्नो सोसल ह्याडलमा शेयर गरेकी छिन् । यो घर निकै आलिसान छ । सनी र डेनियल अब यही शिफ्ट हुने तयारीमा छन् । यसलाई सजाउनका लागि यी दुईले नेपाल, इटली र स्पेनबाट इन्टीरियर खरीद गरेका छन् । 
 
 
यो घर सनीको ३६ औं बर्थडेको गिफ्ट हो । यसलाई डेनियल र सनी लामो समयदेखि किन्न चाहन्थे । अन्ततः सनीको बर्थडेमा यो पूरा भएको हो । सनीको नयाँ घर ४३, ५६० वर्ग फुटमा फैलिएको छ । सनीको घरमा ५ बेडरुम, एक होम थिएटर, स्वीमिंग पूल, आउटडोर डाइनिंग एरिया र एक ठूलो गार्डन छ । सनी र डेनियलले घरका लागि भगवान गणेशको मूर्ति समेत खरिद गरेका छन् ।