मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र पूजाको 'भन्छु आज' खिच्दाको दुःख हेर्नूस् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/22
असार ३० गतेबाट अलनेपाल रिलिज हुन लागेको लभस्टोरी फिल्म 'म यस्तो गीत गाउँछु' को चर्चाले सिनेवृत यतिबेला खुबै गर्माएको छ । फिल्ममा समाबेश 'भन्छु आज' बोलको गीतले युट्युबमा २३ लाख बढी भ्यू पाइसकेको अवस्थामा चाँडै फिल्मको टाइटल गीत रिलिज गर्ने तयारीमा निर्माणपक्ष रहेको छ । 'भन्छु आज' बोलको गीत युट्युबमा हिट भएपछि हालैमा यो गीतको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । नेपाली फिल्मका निर्माताहरुले कमै मात्र मेकिङ भिडियो बनाएर सार्वजनिक गरेको पाइन्छ । उपल्लो मुस्ताङमा निकै दुःखका साथ खिचिएको यो भिडियोको मेकिङ फुटेजमा निर्माण यूनिटको मिहिनेत देखिएको छ । 
 
अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, सुदर्शन थापाको शब्द रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचरिङ छन् । फिल्मका मुख्य कलाकार पल र पूजाले यो गीतको भिडियो सुटिङको क्षण निकै यादगर भएको बताएका छन् । संजय लामाले छायांकन गरेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । गीतका कारण यो फिल्म ट्रेलर सार्वजनिक नहुँदै चर्चामा छ ।