मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगना बन्ने भइन् ८० बर्षकी महिला

एजेन्सी, मुम्बई, 2017/05/22
बलीउडकी चर्चित अभिनेत्री कंगना रनौत नयाँ फिल्म 'तेजू' मा ८० बर्षकी बूढी महिलाको भूमिकामा देखिँदैछिन् । यो फिल्मको निर्देशन पनि कंगना आफैले गर्दैछिन् । यस बर्षको डिसेम्बरमा हिमाचल प्रदेशको पहाडी क्षेत्रमा यो फिल्मको छायांकन सुरु हुनेछ भने अर्को बर्षको अन्त्यतिर फिल्म रिलिज हुनेछ । आफैले यसको घोषणा गर्दै कंगनाले भनेकी छिन् कि यो फिल्म मार्फत उनले निर्देशक इन्डस्ट्रीमा आफ्नो नयाँ यात्राको सुरुवात गर्नेछिन् र यसैकारण उनले यो चुनौतीपूर्ण भूमिका रोजेकी हुन् । 
 
फिल्मको कहानीको विषयमा जानकारी दिँदै कंगनाले भनिन्, 'तेजलाई उसको हजुरबुबा-हजुरआमाले पालेका हुन्छन् । त्यस्तैमा उनको भाई अक्षयको जन्म हुन्छ र उनको आमालाई दुई बच्चा सम्हाल्न निकै गाह्रो हुन्छ । जब तेजू विस्तारै ठूली हुन थाल्छिन् तब उनकी हजुरआमाको उमेर ८० बर्षको हुन्छ । उनी पाका व्यक्तिहरुको आस-पासमा हुर्किएकी हुन्छिन् र जब उनी केही समझदार हुन्छिन्, तब उनलाई यो देखेर पिडा हुन्छ कि उनको आसपासका व्यक्ति मात्र होइन पूरै कम्यूनिटी, सोसाइटी र यहाँ सम्मकी उनीहरुलाई देशले समेत इग्नोर गर्न थालेको हुन्छ ।'