मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'तारेभीर' ट्रेलर : '६ को ६ गोली हानेर तेरो गिदी उडाइदिन्छु'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/22
असार २ गतेलार्ई रिलिज डेट लक गरिएको फिल्म 'तारेभीर' को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच निर्माणपक्षले फिल्म 'तारेभीर' को एक्सन प्रधान ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा ट्रेलरसँगै फिल्ममा समाबेश तीन गीत पनि देखाइएको थियो । 
 
विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । फिल्मको विषयमा जानकारी दिँदै निर्देशक सुब्बाले 'तारेभीर' ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने दावी गरे । डि.के. दीवानको निर्माण रहेको फिल्मलाई युवराज राईले खिचेका हुन् भने जनक गुरुङको द्धन्द्ध निर्देशन छ । फिल्ममा प्रकाश गुरुङ, सनुप पौडेल र ब्राविन शेर्माको संगीत छ ।