मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

विल्सन अभिनित बलीउड फिल्मको टीजर सार्वजनिक

एजेन्सी, मुम्बई, 2017/05/21
नेपाली हास्यकलाकार विल्सन विक्रम राई अभिनित पहिलो बलीउड फिल्म ‘बोरीवली का ब्रूश ली’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरभरी विल्सन विक्रम राई मज्जैले छाएका छन् । विल्सनसँगै टीजरमा बलीउड अभिनेत्री आयशा टाकिया लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ । टीजरमा विल्सन विश्व प्रख्यात चीनी हांगकांग अभिनेता ब्रूस ली जस्तो मार्शल आर्ट सिक्न खोजिरहेको छन् । उनको टीजरमा देखिएको फन्नी लुक्सले तपाईहरुको ध्यान खिच्न सक्छ । 
 
यो फिल्ममा सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डे लगायतका कलाकारहरु पनि मुख्य भूमिका रहेको छ । खबरका अनुसार, १५ सिनका लागि यो फिल्ममा अनुबन्धित भएका विल्सनले प्रत्येक सीन आयशासँग मात्र दिएका छन् । फिल्मलाई आशूतोष वाराङले निर्देशन गरेका हुन् । फिल्मको रिलिज डेट भने फाइनल गरिएको छैन् । बताइदिउँ कि विल्सन विक्रम राई अभिनित नेपाली फिल्म 'रातो घर' यही जेष्ठ १९ गतेबाट रिलिज हुँदैछ । 
 

‘बोरीवली का ब्रूश ली’को टीजर हेर्न यहाँ क्लिक गर्नुहोस् ।