मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिला क्यान्सरमाथि किताब, अनि बायोग्राफी लेख्नेछु : मनीषा कोइराला

एजेन्सी, मुम्बई, 2017/05/21
मनीषा कोइराला चाँडै एकपटक फेरी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । फिल्म 'डियर माया'बाट लामो समयपछि उनी ठूलो पर्दामा देखिन लागेकी हुन् । फिल्मलाई लिएर मनीषा उत्साहित छिन् । उनी अब पूरा रुपमा फिल्ममा नै फोकश गर्न चाहन्छिन् किनकी उनी मात्र अब काम गर्न चाहन्छिन् । 
 
अभिनेत्री मनीषा कोइराला लामो समयको क्यान्सरलाई जितेपछि फिल्ममा सक्रिय भएकी हुन् । चाँडै उनी संजय दत्तको बायोपिकमा संजय दत्तकी आमा नरगिसको भूमिकामा पनि देखिँदैछिन् । अहिले मनीषा कोइराला आफ्नो रिलिजका लागि तयार फिल्म 'डियर माया' को प्रमोशनमा दिलोज्यान दिएर लागेकी छिन् । फिल्मको प्रमोशनको क्रममा मनीषाले भनिन्, 'म चाँडै क्यान्सरमाथि एक किताब लेख्दैछु । यसपछि आफ्नो अटोबायोग्राफी पनि लेख्नेछु ।'  मनीषाले अगाडि भनिन्, 'क्यान्सरका विरामीलाई हौसला र सुझावमा किताब लेख्नेछु ।' 
 
आफ्नो निजी जीवनबारे मिडियासँग कुराकानी गर्दै मनीषा अगाडि थप्छिन्, 'मैले आफ्नो जिन्दगीमा कयौं गल्तीहरु गरेको छु र त्यसको सजाय पनि अहिले भोग्दैछु । मेरो गल्तीको असर मेरो जिन्दगी र शरीरलाई पनि पर्यो । जब मलाई क्यान्सर भयो तब म एकदम एक्लै बस्न चाहन्थेँ ।'