मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको वार्षिक उत्सव : लम्साललाई सम्मान, पौडेल, सुवेदी र राउतलाई पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2017/05/21
चलचित्र पत्रकार दिवसको अवसरमा नेपाल चलचित्र पत्रकार संघले चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । आफ्नो १८ औं बार्षिक उत्सवको अवसरमा संघले डा. नवराज लम्साललाई चलचित्र पत्रकार सम्मान २०७४ प्रदान गर्यो भने पारस पौडेल र विजय सुवेदी (आवाज) लाई पत्रकारीता पुरस्कार २०७४ प्रदान गर्यो । त्यस्तै, महिला पत्रकार स्वेच्छा राउतलाई पत्रकार संघले एक थान ल्यापटपसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पत्रकार तथा साहित्यकार डा.नवराज लम्साल भने विशेष कामले नेपालभन्दा बाहिर भएका कारण उनको सम्मान श्रीमतीले ग्रहण गरिन् । 
 
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र हास्यकलाकार हरिवंश आचार्यले संयूक्त रुपमा सम्मानित तथा पुरस्कृत चार जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे । पुरस्कृत पारस पौडेल र विजय आवाजलाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो ।
 
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संघको एसोसिएन शाखा मध्यसक्रिय मानिएको चलचित्र पत्रकार संघले पत्रकारितको विकासका लागि पुरस्कार सम्मानसहित विभिन्न कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्ति गरे ।  त्यस्तै, हास्यकलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिताको विकास र विस्तारमा चलचित्र पत्रकारले पु¥याएको योगदानको चर्चा गरे ।
 
कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर वोगटी लगायत विभिन्न चलचित्र सम्बन्धि संघ-संस्थाहरुबाट आएका व्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए । 
 
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली चलचित्रको विकासमा चलचित्र पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि तत्पर भएर लाग्ने बताए ।
 
तश्वीर : श्रीधर पौडेलको फेसबुकबाट