.jpg)
भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । एक समय विपना थापा विनाका फिल्महरु कमै भेटिन्थे तर अहिले उनको एक झलक हेर्नका लागि पनि प्रशंसकहरु आतुर छन् । अब विपनाको फिल्ममा फर्किने तयारी छैन । एक छोराको आमा समेत भैरहेकी विपना बेला बखतमा नेपाल भने आइरहेकी हुन्छिन् । अहिले विपना नेपालमा नै छिन् ।
स्थानीय निर्वाचनमा दैलेखको नारायण नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा उठेकी आफ्नी बहिनी बासना थापालाई जिताउनका लागि उनी नेपाल आएकी थिइन् । नायिका विपना थापा नेपाली कांग्रेसको झण्डा बोकेर केही दिन घरदैलो कार्यक्रममा पनि हिँडिन् । तर, बासना थापा एमाले उम्मेदवार सावित्री मल्लभन्दा ६ सय मतले पछि परी पराजित भइन्।
.jpg)
बहिनीले चुनाव हारेपछि अहिले विपना घुमघाममा नै व्यस्त छिन् । उनले बहिनी बासनाका परिवार र आफ्नो छोरासँग जुम्ला, मुगु लगायतका ठाउँहरुको भ्रमण गरेका केही तश्वीरहरु आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । १९९५ मा फिल्म 'जन्मभूमी' बाट नेपाली चलचित्रक्षेत्रमा नायिकाको रुपमा भित्रिएकी विपनाले त्यसपछि 'अप्सरा', 'नाता रगतको', 'आगो', 'के भो लौ न नी', 'मितिनी' लगायतका दर्जनौ सफल फिल्ममा काम गरेकी छिन् । उनीसँगका धेरै नायिकाहरु अहिले प्राय जसो अमेरिकामा छन् ।
.jpg)

