मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

कस्तो चल्यो रेखाको 'डायरी' ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/21
गएको शुक्रवारबाट अलनेपाल रिलिज भएको रेखा थापा स्टारर फिल्म 'डायरी' ले अहिले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । रिलिजको दिन शुक्रवार राजधानीमा आयोजित प्रेस शोमा उत्कृष्ट प्रतिक्रिया बटुलेको डायरीलाई फिल्म हेरेका दर्शकहरुले पनि रुचाएको निर्माणपक्षले जानकारी दिएको छ । शुक्रवार र शनिवार राजधानीमा फिल्म प्रदर्शन भईरहेको हल मै पुगेर फिल्मकी अभिनेत्री तथा निर्मात्री छुल्ठिम गुरुङ, निर्देशक अनिल योन्जन, अभिनेता सन्नी सिंह लगायतले दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिएका थिए । राजधानीमा झन्डै २० पर्दामा रिलिज भएको यो फिल्म मोफसलमा भने ५५ पर्दामा प्रदर्शन भईरहेको छ । 
 
निर्मात्री तथा नायिका छुल्ठिम गुरुङ भन्छिन्, 'दर्शकबाट आएको प्रतिक्रियाले निकै उत्साहित छौ । अष्टनारायण , क्युएफएक्स सिभिल र कुमारी , बिग मुभिज लगायतका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रया लिए जसले मलाई निकै खुशी बनाएको छ । फिल्म हेर्ने अधिकांशले मनपराउनु भएको छ ।' त्यस्तै, निर्देशक अनिल योन्जनले दर्शकबाट आएको प्रतिक्रियाले उत्साहित भएको बताए । फिल्म हेरेका दर्शकले छुल्ठिमको चंचलता, सन्नीको एक्सन र रेखाको बोल्ड एण्ड भिलेन अवतारलाई रुचाएका छन् ।