मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फेरी एकसाथ देखिन सक्छन् प्रभास र अनुष्का

एजेन्सी, मुम्बई, 2017/05/21
बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको फिल्म 'बाहुबली २' मा प्रभास र अनुष्काको जोडीलाई दर्शकहरुले खुबै रुचाए । 'बाहुबली' र देवसेनाका फ्यानका लागि फेरी अर्को खुशीको खबर बाहिर आएको छ । फिल्म 'बाहुबली' को सफलतापछि अब एक्टर प्रभासको नयाँ फिल्म 'साहो' हो । जसको सुट सुरु हुनुभन्दा अगाडि नै टीजर सार्वजनिक भैसकेको छ । खबरलाई आधार मान्ने हो भने फिल्मका लागि लिड एक्ट्रेसमा कटरीना कैफ र श्रद्धा कपूर जस्ता बलीउड एक्ट्रेसको नाम चर्चामा आएको थियो । तर, अब चर्चा छ कि 'बाहुबली २' को हिट जोडी फेरी एकपटक देखिने लगभग पक्का भएको छ । 
 
बलीउड लाइफका अनुसार, अनुष्का शेट्टीसँग साहोलाई लिएर कुराकानी भैरहेको छ ।  खबर छ कि अनुष्का शर्मालाई यो फिल्मका लागि फाइनल गरिसकेको छ । यदी यो खबर साँचो हो भने बाहुबलीका फ्यानका लागि यो खबर सुखद हुन सक्छ ।