
अमिताभ बच्चनकी बुहारी तथा अभिनेत्री ऐश्वर्या राय क्विज शो 'कौन बनेगा करोडपति' मा उनको ठाउँ लिन सक्ने संभावना रहेको छ । एक फेमस न्यूज पेपरको रिपोर्टका अनुसार, 'केविसीको ९' औं सिजनका लागि ऐश्वर्या राय र माधुरी दीक्षितको नाम अहिले चर्चामा छ । च्यानलसुँग जोडिएको एक सुत्रका अनुसार, ऐश्वर्यालाई शोका लागि अप्रोच गरिएको छ । त्यस्तै, माधुरीसँग पनि यस विषयमा कुरा भैरहेको छ ।
यदी ऐश्वर्या वा माधुरी मध्ये एकलाई 'केविसी' को जिम्मेवारी मिल्यो भने यो पहिलो मौका हुनेछ, जब अडियन्सस कुनै फिमेल आर्टिस्टको क्विज शोको होस्टको रुपमा देख्नेछन् । 'केविसी' को पहिलो सिजन २०००-०१ मा आएको थियो, जसलाई अमिताभ बच्चनले होस्ट गरेका थिए । दोस्रो सिजन पनि बिग बीले नै होस्ट गरेका थिए । तर, तेस्रो सिजनका लागि स्टार प्लसले शाहरुख खानलाई सिलेक्ट गरेको थियो ।

