मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

'हिटलर' होला हिट ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/16
केही बर्षयता हेर्ने हो भने नेपालमा स्टार कलाकारका फिल्महरु एकपछि अर्को गर्दै असफल सावित हुँदै गएका छन् । नायक राजेश हमालको 'शकुन्तला', रेखा थापाको 'पलाँस', निखिल उप्रेतीको 'किंग' र 'निर्भय', सौगात मल्लको 'लुकामारी' लगायत अन्य केही स्टार कलाकारका फिल्म पनि फल्पको सूचीमा दर्ता छन् । यसले के भन्छ भने फिल्म चल्न स्टारकास्ट कलाकार मात्र भएर पुग्दैन त्यसका लागि कथावस्तु नै दमदार हुन आवश्यक छ । 
 
निर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको फिल्म ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने–‘यसपटक नामकै कारण पनि दर्शकलाई फिल्मप्रति उत्सुकता छ । साथमा, फिल्मको कथावस्तुले दर्शकलाई पुरा समय होल्ड गर्छ ।’ फिल्ममा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । तर, यो फिल्ममा अहिले दर्शकले रुचाएका २ कलाकार मेनुका प्रधान र ए गुरुङ पनि छन् ।
 
निर्देशक ढकाल भन्छन्–‘ए गुरुङको कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिनेछ । मेनुकाको भूमिका दर्शकका लागि सरप्राइज हुनेछ ।’ उनले सोहित र सामियासँगै फिल्ममा मेनुका र ए गुरुङ हुँदा फिल्मको व्यापारमा समेत फाइदा पुग्ने बताए । अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो फिल्म जेठ १२ गतेबाट रिलिज हुँदैछ ।