मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहुबलीसँग रोमान्स गर्न चाहन्छिन् आलिया

एजेन्सी, मुम्बई, 2017/05/16
'बाहुबली : द कनक्लूजन' ले कमाईको सारा रेकर्ड तोडिसकेको छ । वर्ल्डवाइड कमाईको मामिलामा एस.एस. राजामौलीको यो फिल्मले १३३० करोडमाथिको ग्रस आम्दानी गरिसकेको छ । यसैबीच फिल्म एक्ट्रेस आलिया भट्टले बाहुबलीका निर्देशकको तारिफ गरेकी छिन् । योसँगै उनले भनेकी छिन् कि उनी बाहुबली उर्फ प्रभाससँग काम गर्न चाहन्छिन् । 
 
गएको बिहीवार आफ्ना फ्यानहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । एक फ्यानले सोधेको प्रश्नको उत्तर दिँदै आलियाले भनिन्, 'बाहुबलीका लागि नयाँ शब्दको आवश्यकता छ । यो सानदार छ ।' यतिमात्र होइन, आलियाले भनेकी छिन् कि उनको फेभरेट साउथ इन्डियन एक्टर प्रभास हुन् ।