Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुमनाम अनु !

फिल्मीखबर, काठमाण्डौ, 2017/05/16
केही बर्षयता म्यूजिक भिडियोमा मात्र सिमित छिन् नायिका अनु शाह । झण्डै दर्जन बढी सिनेमामा काम गरेपनि अहिलेसम्म अनुलाई दर्शकहरुले नोटिस गर्ने फिल्ममा देख्न पाएका छैनन् । एकपछि अर्को फिल्महरु बक्सअफिसमा पछारिँदै गएपछि अहिले अनु नेपाली फिल्मबाट हराए जस्तै छिन् । उनलाई ठूलो आश थियो निखिल उप्रेतीको कमब्याक फिल्म 'भैरव' ले ओरालो लागेको आफ्नो करिअरलाई माथि उठाउँछ भन्ने तर 'भैरव' हिट सावित भएपनि अनुलाई त्यसले कुनै लाभ दिएन । निखिलको लोभलाग्दो क्रेजको अगाडि अनु पर्दामै हराइन् । 
 
नेपाली फिल्ममा दिन प्रतिदिन नयाँ नायिकाहरु भित्रिरहेका कारण पनि अहिले केही अगाडि आएका नायिकाहरुको करिअर धराप हुँदै गएको छ । 'द यूगदेखी यूगसम्म' फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अनुले 'नागरिक', 'आइ एम इन लभ', 'गोरे', 'आधी बाटो', 'जन्मभूमी' लगायतका फिल्ममा काम गरिसकेकी छिन् । केही दिन अगाडि मात्र गौरव पहारीसँग फिल्म 'पसिना' को छायांकन सकाएकी अनुले अहिले आफ्नो दैनिकी म्यूजिक भिडियोबाट नै चलाउने गरेकी छिन् । उनी अभिनित म्यूजिक भिडियोहरु प्राय दैनिक जसो नै टेलिभिजन र युट्युबमार्फत सार्वजनिक हुने गर्छन् । 
 
विस्तारै फिल्ममा डामाडोल बन्दै गएको करिअरलाई माथि उठाउन अहिले अनु एउटा राम्रो फिल्मको पखाईमा छिन्, तर लगातार आफू अभिनित फिल्महरु असफल सावित हुँदा नेपाली निर्माताहरु फिल्मको स्क्रिप्ट बोकेर अहिले अनुको घरको दैलोसम्म पुग्ने आँट गरेका छैनन् । अझ नेपाली फिल्ममा नयाँ नायिकाहरुको प्रवेश दिनानुदिन बढ्दै जानुले पनि अहिले अनुतर्फ निर्माताहरुको आँखा डुल्न सकेको छैन । 
Most Visited News (monthly)