Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलले हात झिक्दा के होला 'रातो घर' र 'जालो' लाई फाइदा ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/16
कुरा यस बर्षको सुरुवातबाट गरौं । हामीबाट २०७४ को बैशाखले समेत विदा मागिसकेको छ भने आज जेष्ठ २ गते । प्रत्येक हप्ताको शुक्रवार एकभन्दा बढी फिल्म रिलिज हुने नेपाली बजारमा बैशाख १ गते रिलिज भएका तीन फिल्म 'लभ लभ लभ', 'घामपानी' र 'राधे' पछि अन्य कुनै पनि नेपाली फिल्म हलमा लागेनन् । यी तिन फिल्म तेस्रो हप्तामा लाग्दै गर्दा दक्षिण भारतको बहुप्रतिक्षित फिल्म 'बाहुबली २' ले प्रदर्शन आरम्भ गर्यो । यो फिल्मले अहिलेपनि नेपाली हल छाडेको छैन । 'बाहुबली २' को असर नेपालमा यति ठूलो रह्यो कि यो फिल्मसँग लड्ने आँट नेपाली कुनै पनि फिल्मले गर्न सकेनन् । 
 
विस्तारै 'बाहुबली २' हेर्ने दर्शक घटेसँगै अब भने नेपाली फिल्मको भिडन्त एकपछि अर्को गर्दै सिनेमा हलमा देखिने भएको छ । जेष्ठ ५ गते रेखा थापा स्टारर फिल्म 'डायरी' रिलिज हुँदैछ भने यसको अर्को हप्ता अर्थात जेष्ठ १२ गते 'पर्व' र 'हिटलर' एकसाथ हल प्रवेश गर्दैछन् । यसको अर्को हप्ता अर्थात जेष्ठ १९ गते फेरी दुई फिल्म हल छिर्दैछन्, 'रातो घर' र 'जालो' । यसअघि यो मितिमा पल शाह स्टारर फिल्म 'जोनी जेन्टलम्यान' पनि आउने फाइनल भएको थियो तर अब यो फिल्म भदौमा रिलिज हुने बताइएको छ । 
 
 
कुरा गरौं जेष्ठ १९ गतेबाट प्रदर्शन आरम्भ गर्न लागेका दुई फिल्म 'रातो घर' र 'जालो' को । यी दुई फिल्मका ट्रेलर सायद तपाईहरुले युट्युबमा पनि हेरिसक्नु भएको होला । विल्सनविक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानुप्रताप, श्याम राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्म 'रातो घर' लाई सुरज सुब्बाले निर्देशन गरेका हुन् । त्यस्तै, नेपालमै पहिलो पटक वान सट् मा निर्माण गरिएको फिल्म ‘जालो’ मा अनुप विक्रम शाही, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मको लेखन तथा निर्देशन अराज केशवले गरेका हुन् । 
 
अहिले यी दुवै फिल्मका निर्माता, निर्देशकदेखि कलाकारहरु आफ्नो पक्षमा दर्शक तान्नका लागि पब्लिसिटीमा दिलोज्यान दिएर दौडिरहेका छन् । नायक पल शाहले जेष्ठ १९ गतेबाट हात झिकेपछि यी दुई फिल्मलाई फाइदा भने गज्जबकै भएको छ तर फाइदा उठाउन चाहिँ सक्छन् वा सक्दैनन् त्यसको नतिजा कुर्न भने जेष्ठ १९ गतेसम्म त पर्खनै पर्नेछ ।
Most Visited News (monthly)