मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोट हालेर फर्किएका कलाकार परियारको हत्या

फिल्मीखबर, काठमाण्डौ, 2017/05/14
नेपाली चलचित्र तथा रंगमञ्चमा सक्रिय ४४ बर्षिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको आइतबार साँझ ५ बजे हत्या भएको प्रहरीले बताएको छ । व्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेका परियारको किन र कसले हत्या गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।  
 
स्थानिय प्रशासनले हत्यामा संलग्न भएको आशंकामा सोधपुछको लागि दुई महिलालाई नियन्त्रणमा लिएको बताईएको छ । हाल उनको शव दमौली अस्पतालको शवगृहमा छ । घटनास्थलमा रगताम्मे भएको ढुंगा फेला परेको थियो । उक्त घटनामा स्थानीय देवीनारायण श्रेष्ठ पनि घाइते छन् ।
 
परियारका एक श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् । उनले चलचित्र ‘बधशाला’ पनि अभिनय गरेका छन् । उनले बिशेष गरी रेडियो नाटकमा योगदान दिएका थिए ।