मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के विग्रिएको हो करिश्मा र विनोदको सम्बन्ध ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/14
अभिनेत्री करिश्मा मानन्धर र निर्माता विनोद मानन्धरको जोडीलाई नेपालमा आदर्श जोडीको रुपमा हेर्ने गरिन्छ । बैबाहिक सम्बन्धमा बाँधिएको बर्षौ भैसक्दा पनि उनीहरुको विषयमा अहिलेसम्म कुनै पनि नराम्रा खबरहरु बाहिर आएका छैनन् । एक छोरीका आमा-बुबा समेत रहेका करिश्मा र विनोदको केही बर्षयता सम्बन्ध खासै राम्रो नभएको गाइँगुई हल्ला भने चल्दै आइरहेको थियो । खासमा नायिका करिश्मा मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वको पार्टीमा प्रवेश गरेपछि विनोद उनीदेखी रुष्ट हुँदै आएका थिए । तर, यो खबर घरबाट बाहिर फैलन पाएको थिइन । 
 
आजबाट सुरु भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनले करिश्मा र विनोदबीचको सम्बन्ध अहिले कुन अवस्थामा छ भन्ने कुराको समेत पर्दाफास गरेको छ । खासमा विनोद मानन्धरले आफ्नो र छोरीको भोटिङ कार्ड बनाए तर करिश्माको बनाउन उचित ठानेनन् । करिश्माले आइतवार विहानै आफ्नो आधिकारीक फेसबुकमा पोखेको स्टाटसमा लेखिएको छ, 'म काठमाडौंको नागरिकता भएको मान्छे, उहाँसँग विवाह गरेपछि सप्तरी राजविराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो, म चुप लागे सायद श्रीमानकोमा रख्नु पर्छ होला भनेर । यत्रो बर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाईदिनु भएन । हामी लाजिम्पाट बस्छौ आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ तर उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधे तर वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ । बसाई सराईको कागज पनि थिएन त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजबिराजको हो न म त्यहाँ कहिले बसेको छु कसरी गएर भोट दिने ?  अरु सब कुरामा उ मेरो मलिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएनँ ।'
 
यो स्टाटसले धेरै कुराको खुलासा गरेको छ । पहिलो त करिश्मा लामो समयदेखि विनोदका हर्कतहरु सहदै आएको पुष्टि गर्छ भने विनोद मानन्धरले करिश्मालाई घरको सदस्य समेत मान्ने नगरेको खुलाउँछ । करिश्माले श्रीमानमाथि पोखेको यो आक्रोशपछि अहिले नेपाली सिनेवृतमा अनेकथरी बहसहरु चल्न सुरु भैसकेको छ । श्रीमानलाई करिश्माले 'तानाशाही' भनेर आरोप लगाउनुको पछाडि धेरै रहस्यहरु लुकेका छन् । अब यो त विस्तारै खुल्दै जानेछन् । करिश्माको यो स्टाटसले के पनि पुष्टि गर्छ भने अहिले उनीहरुको घरमा बोलचाल समेत बन्द भैसकेको छ । यो स्टाटससँगै अहिले करिश्माका प्रशंसकहरुको मनमा एउटै प्रश्न उब्जिरहेको छ कि 'के विग्रिएकै हो त करिश्मा र विनोदको सम्बन्ध ?' अब यो त भोलीका दिनले नै बताउँला । 
 
बताइदिउँ, ‘कस्तुरी’ नामक फिल्म निर्माणका क्रममा विनोद करिश्माको प्रेममा परेका थिए । प्रेममा परेको केही समयपछि विनोद र करिश्माले बिहे गरे । करिश्मा आफ्नो समयकी नम्बर एक हिरोइन हुन् भने विनोद पनि अभिनेता हुन् । विनोदले ‘जन्मजन्म’, ‘सारंगी’ लगायत केही फिल्ममा राम्रै भूमिका निर्वाह गरेका छन् ।
 
तश्वीर सौजन्य : नयाँ पत्रिकाबाट