मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोलकतामा बन्यो अमिताभ बच्चनको मन्दिर

एजेन्सी, मुम्बई, 2017/05/14
मेगास्टार अमिताभ बच्चनको फिल्म 'सरकार ३' गएको शुक्रवारबाट प्रदर्शन भैरहेको छ  । यसका साथ उनको कद भन्दा पनि अग्लो मूर्ति कोलकताको एक मन्दिरामा स्थापना गरिएको छ, जुन कोलकताका सबै बंगाली फ्यानले मिलेर बनाएका हुन् ।
 
यो मूर्ति सुब्रता बोसले बनाएका हुन् । अमिताभ बच्चन फ्यान एसोसिएशन (एबीएफए) का प्रदेश सचिव संजय पटोदियाले एक न्यूज एजेन्सीसँग कुराकानी गर्दै भने, 'हामीले अमिताभ बच्चनको फिल्मको सफलताको प्राथना गरेपछि मन्दिरमा उनकै एक प्रतिमा स्थापित गरेका हौं ।' 
 
६ फिट २ इन्च लामो फाइबरग्लासको प्रतिमा शहंशाह (बच्चन) को असली लम्बाईभन्दा केही लामो हो । संजय पटोदियाले अगाडि भने, 'हामीले अलि बढी आकषर्क बनाउनका लागि यस्तो गरेका हौं ।'