मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

साम्राज्ञी भन्छिन्, 'ड्रिम्सअघि अनमोललाई चिन्दिनँ थिएँ'

फिल्मीखबर, काठमाण्डौ, 2017/05/14
बर्ष २०७२ मा रिलिज भएको अनमोल केसी स्टारर फिल्म 'ड्रिम्स' ले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रातारात स्टार बनायो । 'ड्रिम्स' अघि भविष्यमा फिल्म गर्छु भन्ने सोच समेत नबनाएकी साम्राज्ञी अहिले युवापुस्ताका दर्शकहरुको ढुकढुकी बनेकी छिन् । उनको सुन्दरता र बोल्ड आवाजको हजारौं फ्यान छन् । 
 
'ड्रिम्स' पछि उनी अभिनित अन्य कुनै पनि फिल्म दर्शकहरुले हेर्न नपाएपनि उनले 'ए मेरो हजुर २', 'तिमीसँग' र 'मंगलम' को छायांकन सकाइसकेकी छिन् । यी तीन फिल्म नै यस बर्ष रिलिज हुँदैछन् । 'ड्रिम्स' पछि एकदिन पनि फुर्सद महशुस नगरेकी साम्राज्ञीले हामीसँगको कुराकानीको क्रममा आफू भविष्यमा फिल्म नै गर्छु भनेर कहिले पनि नसोचेको बताइन् । उनले भनिन्, 'मलाई डान्स, अभिनय गर्न सानैदेखि खुबै मन पर्थ्यो । जब मलाई 'ड्रिम्स' को अफर आयो तब मैले केही पनि नसोचि हुन्छ भनेँ ।' 
 
उनले आफूलाई नायक भूवन केसीले मनपराएर 'ड्रिम्स' का लागि फाइनल गरेको पनि बताइन् । उनले अगाडि थपिन्, 'भूवन सरले मलाई राम्री छ, अनमोलसँग जोडी सुहाउँछ भनेर 'ड्रिम्स' मा लिनुभएको हो ।' 
 
'पहिलो फिल्म नै अनमोलसँग गर्ने मौका पाउनुभएको थियो । त्यसबेला कस्तो महशुस भयो ?' भन्ने हाम्रो प्रश्नको उत्तर दिँदै साम्राज्ञीले भनिन्, 'म निकै भाग्यमानी यूवती हुँ । अनमोलको 'ड्रिम्स' तेस्रो फिल्म थियो । उसलाई अभिनयको धेरै कुरा थाहा थियो । साथै, उ निकै चर्चित भैसकेको थियो । म चाहिँ इन्डियन बोर्डमा अध्ययन गरेको भएर मलाई थाहा थिएन कि को हो अनमोल भन्ने । 'ड्रिम्स' भन्दा अगाडि मैले अनमोलको कुनै पनि फिल्म हेरेको थिइनँ । मैले वर्कसपको बेला अनमोलको 'होस्टेल', 'जेरी' फिल्म हेरेको थिएँ ।' 
 
'ड्रिम्स' बाट गएको बर्ष चारपटक उत्कृष्ट नव-नायिकाको अवार्ड जितिसकेकी साम्राज्ञीको लिड रोल रहने नयाँ फिल्म 'इन्टु मिन्टु लण्डनमा' को केही दिन अगाडिमात्र राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको थियो ।