Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

६ हजार यूवतीलाई रिजेक्ट गरेका 'बाहुबली' गर्छन दीपिकालाई प्रेम

एजेन्सी, मुम्बई, 2017/05/11
'बाहुबली' को सानदार सफलतापछि प्रभास अब ग्लोबल स्टार बनेका छन् । यस्तैमा जो कोहीँ जान्न चाहन्छन् कि प्रभासको पर्सनल लाइफ कस्तो छ र अब उनी विवाह कहिँले गर्दैछन् । ६ हजार विवाहको प्रस्ताव अस्वीकार गरेका प्रभासको दिल बलीउड अभिनेत्री दीपिका पादुकोणमा अड्किएको छ । 
 
'बाहुबली २' मा निर्वाहा गरेको भूमिकाका कारण लाखौं यूवतीहरुको 'दिलको राजा' बनिसकेका प्रभासलाई भने बलीउड अभिनेत्री दीपिका पादुकोण निकै मनपर्छ । यसको खुलासा 'बाहुबली' उर्फ प्रभास आफैले गरेका हुन् । प्रभासले एक अन्तर्वार्ताको क्रममा भने, 'मलाई दीपिका पादुकोण निकै मनपर्छ र एक फिल्म उनीसँग गर्न मन छ ।' 
 
'बाहुबली' फिल्मको कारण अहिलेसम्म प्रभासले विवाह गरेका छैनन् । उनले अहिलेसम्म ६ हजार यूवतीको विवाहको प्रस्ताव अस्वीकार गरिसकेका छन् । प्रभास र 'बाहुबली' का डायरेक्टर एस.एस. राजामौलीको यो तेस्रो फिल्म हो । २००५ मा प्रभासलाई लिएर राजामौलीले 'छत्रपति‍' बनाएका थिए तर यो फिल्म 'बाहुबली' जस्तो सानदार हिट बन्न सकेन । 'बाहुबली' सिरिजमा लगभग पाँच बर्षसम्म व्यस्त रहेपछि एक्टर प्रभासले अब ब्रेक लिएका छन् । ३७ बर्षका प्रभास अहिले यूएसमा आफ्ना साथीहरुसँग होलिडेमा छन् ।
 
Most Visited News (monthly)