Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली २' : ११ दिनमा कमायो ११ सय करोड

एजेन्सी, मुम्बई, 2017/05/10
एसएस राजमौलीको फिल्म 'बाहुबली २' ले रिलिजको बेलादेखी एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । 'बाहुबली-२' को ११ दिनको वर्ल्डवाइड बक्स अफिस कलेक्शन आइसकेको छ, जुन लगभग ११०० करोड छ । यतिमात्र होइन 'बाहुबली' हिन्दीले पनि एकपछि अर्को रकेर्ड बनाइरहेको छ । कमाईको मामिलामा 'बाहुबली-२ : द कन्क्लूजन' भारतीय सिनेमाको सबैभन्दा ठूलो फिल्म बनेको छ । 
 
११ दिनमा यो फिल्मको वर्ल्डवाइड कलेक्शन ११०० करोड ग्रस भैसकेको छ । यसको अर्थ एभरेजमा 'बाहुबली' ले दिनमा सय करोड कमाई गरिरहेको छ । यति मात्र होइन, मानिएको छ कि अझै पनि यो फिल्म २०-२५ दिन अझै बक्स अफिसमा टिक्नेछ । अबको २०-२५ दिनमा फिल्मले कति रेकर्ड बनाउनेछ त्यो कसैलाई थाहा छैन ।
 
फिल्मको हिन्दी भर्जनले पनि कमाईको रेकर्ड तोडिरहेको छ । 'बाहुबली २' हिन्दीको कमाई ३५० करोडको करीब पुगेको छ । यो फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, राम्या कृष्णन, सत्यराज लागयतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
Most Visited News (monthly)