Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'पञ्चायत' को सेन्सरप्रति सरोज खनालको यस्तो आक्रोश

फिल्मीखबर, काठमाडौं, 2017/05/10
फागुन १८ गतेदेखि अल नेपाल रिलिजको तयारी गरिएको फिल्म 'पञ्चायत' ले गएको मंगलबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पायो । ५० वर्ष पुरानो कथा भएको भनिएको यो फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएपछि यसको निर्माणपक्ष अहिले आक्रोशित भएको छ । 
 
वीरेन्द्रको फोटो, तत्कालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली...’लगायतका दृश्यमा सेन्सरले आपत्ति जनाउँदै सोमबार हटाउन लगाएको थियो । युनिभर्सल सर्टिफिकेट पाउनु पर्ने 'पञ्चायत' लाई हचुवाका भरमा कैँची चलाएर जबर्जस्ती पिजी सर्टिफिकेट भिराइएको फिल्मका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए । 
 
फिल्मका निर्देशक शिवम अधिकारीले पञ्चायतले पिजी सर्टिफिकेट पाएपछि फेसबुकमा आक्रोश पोख्दै आफूलाई सेन्सर बोर्डको निर्णय मान्ने नभएको भन्दै स्टाटस् लेखेका थिए । तर, उक्त पोष्ट सेन्सर बोर्डको अध्यक्ष रामकृष्ण ढकालको आग्रहमा निर्देशक अधिकारीले हटाइसकेका छन् । 
 
 
पिजी सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकसाथमा मात्र फिल्म हेर्न पाउँछन् । यो फिल्ममा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय छ। 
 
त्यस्तै, सेन्सर बोर्डले 'पञ्चायत' लाई पिजी सर्टिफिकेट दिएपछि आफ्नो आधिकारीक फेसबुकमा आक्रोश पोख्दै नायक सरोज खनालले लेखेका छन्, 'के अब नेपालका ऐतिहासिक बिषयबस्तुमाथी चलचित्र बनाउन नपाईने ? हैन भने स्वर्गीय राजा बिरेन्द्रका केही झलक र तत्कालिन राष्ट्रियगान 'श्रीमान् गम्भीर नेपाली...' लाई नेपाली चलचित्रमा देखाउन किन रोक लगाउछन् यी गणतान्त्रिक नेपालको सेन्सर बोर्डका नाईकेहरु ? के अब हामीले विदेशी इतिहासमात्र हेर्नु पर्ने ? 'पञ्चायत' टिमको प्रश्न सम्पूर्ण नेपाली चलचित्रका आदरणीय दर्शक र शुभचिन्तकलाई ।'
 
ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ। फिल्ममा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ।
 
Most Visited News (monthly)