मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्गेजमेन्ट गर्ने तयारीमा सोनम र आनन्द

एजेन्सी, मुम्बई, 2017/05/10
बलीउड अभिनेत्री सोनम कपूरलाई हालैमा फिल्म ‘नीरजा’ का लागि नेशनल अवार्ड मिल्यो । ‘नीरजा’ मा ‘वास्तविक जीवनको व्यक्तिको चरित्र पर्दामा उतार्न’ कुशलता पूर्वक सफल भएकोमा सोनम कपूरलाई विशेष उल्लेख (स्पेशल मेन्शन) को राष्ट्रिय पुरस्कार मिलेको हो । 
 
सोनम जब अवार्ड लिन पुगिन् तब उनको साथमा कतिथ ब्वाईफ्रेन्ड आनन्द आहूजा पनि सँगै थिए । केही महिनायता यी दुईलाई धेरै पटक मिडियाको क्यामेरामा कैद गरिएको छ । आनन्द सोनमको फेमिली मेम्बर्ससँग पनि धेरै पटक देखिसकेका छन् । 
 
अब सोनम-आनन्दलाई लिएर 'टाइम्स अफ इन्डिया' मा एक ठूलो खबर छापिएको छ । खबरका अनुसार, यी दुईको चाँडै इन्गेजमेन्टको घोषणा हुन सक्छ । यदी यसो भयो भने सोनमलाई चाहने हजारौं फ्यानको दिल टुट्न सक्छ । तर, सोनम र आनन्द मध्ये कसैले पनि आफ्नो रिलेशनशिपको विषयमा भने बोलेका छैनन् तर यी दुईका तश्वीरले धेरै कुराहरु स्पष्ट पार्छ ।