मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङकी 'कान्छी' स्वेता, नम्रता कसकी ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/10
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनूर' पछि नायिका स्वेता खड्कालाई दर्शकहरुले अन्य फिल्ममा देख्न पाएका छैनन् । 'कोहिनूर' रिलिजको झण्डै १ महिना अगाडि श्रीकृष्ण र स्वेताको विवाह भएको थियो । श्रीकृष्णको निधन भएपछि झण्डै २ बर्षसम्म शोकमै रहेकी स्वेता अहिले सामाजिक कामदेखी आफ्नो व्यावसायमा पनि सक्रिय हुँदै गएकी छिन् । 
 
चाँडै दर्शकहरुले नायिका स्वेतालाई नायक दयाहाङ राईकी 'कान्छी' बनेको देख्न पाउँदैछन् । जेष्ठ महिनाको अन्तिम साताबाट फ्लोरमा जाने फिल्म 'कान्छी' लाई 'कोहिनूर' निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन् भने नायिका स्वेता आफैले निर्माण गर्दैछिन् । 
 
हालैमा यो फिल्मका लागी नायिका नम्रता सापकोटा फाइनल भएकी छिन् । गएको बर्ष रिलिज भएको सुपरहिट फिल्म 'छक्का पन्जा' पछि अन्य कुनै फिल्म साइन नगरेकी नम्रता स्वेताको 'कान्छी' मा अनुवन्धित भैसकेकी छन् । नम्रता 'कान्छी' मा गाउँकी एक चुलबुले यूवतीको भूमिकामा देखिन लागेको फिल्मकी निर्मात्री तथा नायिका स्वेता खड्काले फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा बताइन् । 'छक्का पन्जा' मा प्रियंका कार्की र बर्षा राउतका कारण ओझेलमा परेकी नम्रतालाई 'कान्छी' ले करिअर चम्काउनेमा विश्वस्त छिन् । फिल्ममा नम्रताको जोडी कोसँग बाँधिदैछ त्यसको जानकारी दिन भने स्वेताले चाहिनन् ।