मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

प्रियंका चोपडाकी आमासँग निरुता, रहस्य के हो ?

फिल्मीखबर, काठमाण्डौ, 2017/05/09
नेपाली फिल्मकी एकसमयकी सर्वाधिक चर्चित र व्यस्त नायिका हुन् निरुता सिंह । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंहलाई दर्शकहरुले लामै समय भयो ठूलो पर्दामा देख्न पाएका छैनन् । उनले सन् २००८ देखी २०१० सम्म आफ्नो सौख पुरा गर्न इन्टेरियर डिजाइनिङ्ग सिक्नका लागि मुम्बई प्रस्थान गर्दै अभिनयलाई २ बर्ष ब्रेक लगाएकी थिइन् । 
 
त्यसपछि उनी नेपाल फर्किएर अभिनयमा लागिनन् । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको फिल्म ‘दक्षिणा’ बाट नेपाली फिल्ममा प्रवेश गरेकी निरुताले गएको बर्ष सिक्किममा आयोजना भएको एक अवार्डको क्रममा आफू चाँडै अभिनयमा फर्किने बताएकी थिइन् । 
 
 
सामाजिक सञ्जालमा खासै सक्रिय नरहने निरुताले हालैमा आफ्नो आधिकारिक इन्टाग्राममा केही अचल तश्वीरहरु शेयर गरेकी छिन् । अनौठो के छ भने उनले आफू र बलीउड अभिनेत्री प्रियंका चोपडाकी आमासँगको तश्वीर शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, 'It's always pleasure to meet you @madhuchopra #youaresuchadarling #love #care #respect #happiness ❤️🤗😘😍😘🤗❤️'
 
 
प्रियंका चोपडाकी आमा मधु चोपडाको तारिफ गर्दै निरुताले लेखेको क्याप्सनबाट के सजिलै अनुमान लगाउन सकिन्छ भने उनी प्रियंका चोपडाको फिल्म निर्माण कम्पनीबाट बन्न लागेको कुनै फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन् । गएको बर्ष खबर आएको थियो कि प्रियंका चोपडाले आफ्नो होम प्रोडक्शन कम्पनी पर्पल पेबल मार्फत 'पौवा' नामक एक नेपाली फिल्म निर्माण गर्दैछिन् । अहिले यो कम्पनी प्रियंकाकी आमा मधुले सम्हालिरहेकी छिन् । 
 
 
निरुताले आफ्नो इन्स्टाग्राममा मधु चोपडासँगको तश्वीर शेयर गर्नुले यो प्रश्न उठ्न सक्छ कि कतै निरुता प्रियंका चोपडाको लगानीमा बन्ने नेपाली फिल्ममा 'पौवा' मा त अनुबन्धित भइनन् ? तर, यसको विषयमा भने निरुताले कुनै पनि जानकारी दिएकी छैनन् । यदी यही सत्य हो भने बर्षौपछि नेपाली दर्शकहरुका लागि निरुताको कमब्याकको खबरले खुशी तुल्याउन सक्छ ।