Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बाहुबली' हिट, ५ करोडसम्म प्रभासले बढाए फिस

एजेन्सी, मुम्बई, 2017/05/09
प्रभास गएको पाँच बर्षदेखी 'बाहुबली : द बिगनिङग' र 'बाहुबली : द कन्क्लूजन' को सुटिङमा व्यस्त थिए । यो दौरान उनले कुनै अन्य फिल्म साइन पनि गरेनन् । अहिले भारतीय मिडियामा भाइरल भएको खबरलाई आधार मान्ने हो भने 'बाहुबली' ब्लकबस्टर सावित भएपछि प्रभासले आफ्नो पारिश्रमिक ५ करोड बढाएका छन् । 
 
प्रभासलाई 'बाहुबली' का लागि २५ करोड मिलेको थियो र अहिले आफ्नो नयाँ फिल्मका लागि उनले ३० करोड डिमान्ड गरिरहेका छन् । योभन्दा पहिलाको रिपोर्ट्सका अनुसार, फिल्मका डायरेक्टर एसएस राजामौलीलाई २८ करोड मिलेको थियो, भल्लाल देवको रोल निर्वाहा गर्नका लागि राणा दग्गुबातीलाई १५ करोड, तमन्ना र अनुष्का शेट्टीलाई ५-५ करोड, शिवगामीको रोलका लागि राम्या कृष्णनलाई २.५ करोड र कटप्पा बनेका सत्यराजलाई २ करोड पारिश्रमिक मिलेको थियो । 
 
यो फिल्म वर्ल्डवाइड करीब ९ हजार स्क्रीन्समा रिलिज भएको थियो र यो फिल्म खासमा  तेलुगु भाषामा बनेको थियो र हिन्दीसहित ६ भाषाहरुमा रिलिज गरिएको थियो । यो फिल्ममा प्रभास, राणा दग्गुबात, अनुष्का शेट्टी, राम्या कृष्णन, नासिर र सत्यराज मुख्य भूमिकामा छन् ।
 
Most Visited News (monthly)