मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्नुहोस्, 'म यस्तो गीत गाउँछु' का कर्णप्रिय गीतहरु

फिल्मीखबर, काठमाडौं, 2017/05/09
संगीतकार अर्जुन पोख्रेलले तयार पारेका संगीतले केही बर्षयता राम्रै बजार पिटिरहेका छन् । दर्शक, स्रोताहरुको मनलाई स्पर्श गर्ने संगीत तयार पार्न माहिर मानिने अर्जुन एकपछि अर्को गीतबाट आफुलाई उत्कृष्ट संगीतकारको रुपमा उभ्याउँदै गएका छन् । उनै, संगीतकार पोख्रेलले फेरि एक पटक आफ्नो संगीतमा अब्बलता देखाएका छन् ।
 
असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा ३ गीत समाबेश छन् भने तीनवटै गीतमा संगीतकार अर्जुन पोख्रेलकै संगीत रहेको छ । जसमा ‘भन्छु आज मनका कुरा’, 'कहाँ छ र', 'किन आजकल तिम्रो मन' बोलका गीत समावेश छन् ।
 
जसमा भन्छु आज मनका कुरा’, कहाँ छ र’, किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन् । पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ । यी तिन वटै गीत निकै कर्णप्रिय छन् ।
 
‘भन्छु आज’ बोलको गीतको त भिडियो नै सार्वजनिक भैसकेको छ । पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका छ । रिलिज अगावै गीत-संगीतका कारण 'म यस्तो गीत गाउँछु' ले आफ्नो छुट्टै उचाई बनाइसकेको छ । बाँकी २ गीतको भिडियो क्रमशः सार्वजनिक गर्ने निर्देशक सुदर्शन थापाले बताए ।