
डायरेक्टर एसएस राजामौलीको फिल्म 'बाहुबली' मा पहिला रानी शिवगामिनीको भूमिका एक्ट्रेस श्रीदेवीलाई अफर गरिएको थियो । खबरलाई आधार मान्ने हो भने श्रीदेवीले यो रोलका लागि ६ करोड पारिश्रमिक मागेकी थिइन् । निर्माण कम्पनीले श्रीदेवीलाई ६ करोड दिन अस्वीकार गरेपछि उक्त रोल राम्या कृष्णनलाई अफर गरियो । उनले यो भूमिकाका लागि २.५ करोड लिएकी थिइन् ।

