मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ एउटै घरमा खिचिएको 'मन्दिरा' ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/05/09

असार २ गतेबाट अलनेपाल रिलिज हुन लागेको फिल्म 'मन्दिरा' को अफिसियल ट्रेलर रिलिज भएको छ । एउटै घरमा सम्पूर्ण छायांकन सकिएको फिल्मको ट्रेलर सस्पेन्स छ । ट्रेलरमा फिल्मका लिड नायक नरेन खड्का एक यूवतीको विषयमा कथा लेखिरहेका छन् । नरेनले लेखेको कथा जस्तै एक यूवती उनको घरको ढोका ढकढकाउन आईपुग्छिन् ।

एउटा घरमा घटेको प्रतिनिधी घटनालाई आधार बनाएर मन्दिरा निर्माण भएका कारण फिल्मको पूरा छायांकन नै एउटै घरमा भएको निर्देशक दीपेश सापकोटाले जानकारी दिए । निर्देशक सापकोटा भन्छन्–‘यो फिल्मको लोकेशन सिमित भएपनि कथावस्तु निकै फराकिलो छ । नेपाली फिल्म क्षेत्रका लागि ‘मन्दिरा’ एउटा प्रयोग पनि हो ।’
 
भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा जेवी डीसी, नरेन खड्का, प्रवण भुषाल, लक्ष्मी बस्नेत, विना पोख्रेल, विनिता वली लगायतका कलाकारको लिड रोल छ । हरि भट्टले लगानी गरेको यो फिल्ममा उज्ज्वल ढकालको सम्पादन, देव राइको संगीत, सुसन प्रजापतिको छायांकन छ ।