Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डायरी' गीत : डल्लीको सन्नीसँग रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/09

जेष्ठ ५ गतेलाई रिलिज डेट लक गरिएको फिल्म 'डायरी' को रोमान्टिक गीत रिलिज भएको छ । ‘कस्तो हो यो’ बोलको भिडियोमा फिल्म 'नोभेम्बर रेन' की डल्ली उर्फ नायिका छुल्ठिम गुरुङ र नव-नायका सन्नी सिंह फिचरिङ छन् ।  सार्वजनिक गीतले लिड अभिनेता सन्नी सिंह र अभिनेत्री छुल्ठिम गुरुङबीचको प्रेमभाव बोल्छ ।

पोखराका रमणीय स्थानहरुमा खिचिएको भिडियोको कोरियोग्राफर शिशिर खाती हुन् । गीतमा स्वप्निल शर्माको शब्द तथा संगीत छ भने सुगम पोखरेल र रजिना रिमालको स्वर छ ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई 'आवरण' फिल्म मार्फत् निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले 'डायरी' निर्देशन गरेका हुन् । अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत् निर्मात्री बनेकी छिन। फिल्ममा अभिनेत्री रेखा थापा पहिलो पटक भिलेनको रुपमा देखिँदैछिन् । फिल्ममा कथा छेतेन गुरुङको छ ।

Most Visited News (monthly)