मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्स गर्लफ्रेन्डसँग कफी डेटमा सुशान्त

एजेन्सी, मुम्बई, 2017/05/09
हालैमा बलीउड अभिनेता सुशान्त सिंह राजपूतलाई एक्स गर्लफ्रेन्ड अंकिता लोखन्डेसँग एकसाथ देखिएको छ । एक भारतीय अनलाइनमा प्रकाशित समाचारका अनुसार, यी दुई लोखन्डवालाको एक रेस्टुराँमा कफी डेटमा भेटिएका थिए । जहाँ यी दुईलाई एकसाथ रेस्टुराँबाट बाहिर निस्कदै गरेको अवस्थामा स्पोट गरिएको थियो । सुशान्त सिंह राजपूत चाँडै नयाँ फिल्म 'राब्ता' मा देखिँदैछन् र उनको नाम अहिले को-स्टार कृति सेननसँग जोडिएको छ । 
 
अंकिता र सुशान्तलाई सन् २००९ मा जिटिभीको शो 'पवित्र रिश्ता' मा लिड रोल मिलेको थियो । २००९ बाट सुरु भएको यो शो सन् २०१४ सम्म चलेको थियो । 'पवित्र रिश्ता' सेटबाटै यो जोडी नजिक बनेका थिए । यी दुई करीब ६ बर्षसम्म लिभ-इनमा रहे र सन् २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । यसै कारण सुशान्तले मार्च २०१६ मा घर नै छाडेका थिए ।