मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो बर्षा र सुशिलको 'कारखाना' ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2017/05/08
असार १६ गतेलाई रिलिज डेट लक गरिएको फिल्म 'कारखाना' को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच निर्माणपक्षले प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विशेषत फिल्मका दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । 
 
सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै फिल्मकी लिड हिरोइन बर्षा सिवाकोटीले 'कारखाना' मा उठान गरेको कथावस्तु अहिलेसम्म दर्शकहरुले अन्य फिल्मबाट चाख्न नपाएको दावी गरिन् । कार्यक्रममा फिल्मका नायक सुशिल भने उपस्थित थिएनन् । 
 
निर्देशक अमरअदिप सापकोटाले फिल्ममा फरक कथावस्तु उठाएका कारण दर्शकहरुले मनपराउने बताए । फिल्मलार्इ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्। चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।